२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पानी चुहाउँदै गुड्ने तीन ट्रिपरलाई कारवाही

लहान– पक्की सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई प्रहरीले कारबाही अघि बढाएको छ। शुक्रबार सिरहाको चोहर्वामा पानी चुहाउँदै हिँडेका बालुवा बोकेका तीन टिपरलाई प्रहरीले कारबाही गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीको टोलीले पक्की सडकमा पानी चुहाउँदै बालुवा गुडि रहेका तीन वटा ट्रिपरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाएको छ।

पानी चुहाउँदै बालुवा ओसारपसार गर्दा सडकको अवस्था कमजोर हुने भएकाले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरहरुलाई कारवाही गरेर पानी निथारेर मात्रै छाडिने अधिकारीले बताए। अतिरितm भार बोक्ने, पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई कारवाहीमा कडाई गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) चतुर्वेदीले बताए। नियम, मापदण्ड विपरितका कामलाई पूर्णतः रोक्न मातहतलाई निर्देशन दिइसकिएको उनले बताए।

प्रकाशित: २० असार २०७६ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App