१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

साझाले काठमाडौं उपत्यका बाहिर रात्रीकालिन बस सञ्चालन गर्ने

काठमाडौं– साझा यातायातले काठमाडौं उपत्यका बाहिर पनि सेवा दिने भएको छ। साझा यातायातले काठमाडौंबाट पोखरा हुदै बागलुङ र काठमाडौंबाट नारायणगढ, बुटवल, भैरहवा हुदै बेलहियासम्म रात्रीकालिन बस सेवा सञ्चालन गर्न लागेको हो।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ।

साझा यातायातले काठमाडौं उपत्यकामा नयाँ गाडीहरुलाई १० वटा रुटमा चलाउने भएको छ। साझाको पुरानो रुटको साथै बुङ्गमतिदेखि बुढानीलकण्ठ, लगनखेलबाट सातदोबाटो हुदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुदै दक्षीणकालीसम्म साझाका बसहरुले सेवा दिनेछन्। साझाका २० नयाँ बस खरिद गर्न काठमाडौं महानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैयाँ अनुदान सहयोग गरेका छन्।

त्यस्तै काठमाडौं उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ। काठमाडौं उपत्यकाको तीन वटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवा दिन लागेको हो।

प्रकाशित: १६ असार २०७६ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App