५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गाडी नालामा खस्दा ११ घाइते

सिन्धुली – विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५, खनियाखर्क नजिक गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ५३०१ नम्बरको गाडी अनियन्त्रित भई नालामा खसेको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते कमलामाई नगरपालिका–४ की ३४ वर्षीया सैलिना श्रेष्ठ र उनको ८ वर्षीय छोरा युवनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ। यस्तै कनपा–५, रानीखोलाकी ४० वर्षीया खिलमाया गुरुङको अवस्था पनि गम्भीर रहेकाले थप उपचारका काठमाडौं पठाइएको छ। गाडीको ब्रेकफेल हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०७६ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App