२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मनपरी भाडा असुलीविरुद्ध ज्ञापनपत्र

रसुवा – पासाङ ल्हामु मार्गको रसुवाखण्डमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको विरोधमा विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा तीनओटा कम्पनीद्वारा सञ्चालित र तीनैओटा कम्पनीका सवारीसाधनले आ–आफ्नो तरिकाले भाडा असुलेको उनीहरूले बताएका छन् । मनपरी भाडा असुली बन्दको माग गर्दै संगठनले बिहीबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

राज्यको नीति तथा मापदण्डविपरीत लिने गरिएको भाडा असुली बन्द हुनुपर्ने, धेरै प्रदूषण गर्ने थोत्रा र असुरक्षित सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने उनीहरूको माग छ । साथै सरकारले व्यवस्था गरेको परिचयपत्रबापत छुट दिनुपर्ने, सम्पूर्ण सवारीसाधन कम्पनीमा दर्ता हुनुपर्ने र सुपर, डिलक्स तथा एसीको नाममा अतिरिक्त सेवा असुली गर्ने कार्य बन्द गर्नुपर्ने माग छ । समयमै माग सम्बोधन नगरिए थप आन्दोलनको कार्यक्रम घोषणा गरिने अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष अर्जुन पौडेलले बताए ।

प्रकाशित: १३ असार २०७६ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App