५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

अभियुक्तलाई सार्वजनिक गर्दै पाल्पा प्रहरी । तस्बिरः नागरिक

पाल्पा–कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्। जगत्रदेवी स्याङ्जाका राजु न्यौपानेको हत्या अभियोगमा फरार रहेका तानसेन नगरपालिका–१२, लुहुङका ३८ वर्षीय टुकलाल भट्टराई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार अभियुक्त भट्टराई लामो समय भारत बसी नेपाल फर्किएका हुन्।  २०६४ भदौ २ मा पाल्पाको साविक दोभान गाविस–५, कदमवासस्थित खोलामा न्यौपानेको हत्या गरेको आरोपमा ६ महिना जेल सजाय भोगिसकेको व्यक्ति भएको उनले बताए। ‘जिल्ला अदालत पाल्पाले २०६५ साउन ४ मा भट्टराईलाई घटनाको मुख्य दोषी ठहर गरी १९ वर्ष १९ दिन कैद सजायको फैसला गरेको थियो,’ उनले भने, ‘भारतमा लुकिछिपी बस्दै आएका भट्टराईलाई घरमा आएको समयमा मंगलबार राति बुटवलबाट पक्राउ गरिएको हो।’

प्रेमिकाको विषयलाई लिएर विवाद भएपछि अभियुक्त भट्टराईले न्यौपानेको हत्या गरेको बताइएको छ। अभियुक्त भट्टराई जिल्ला अदालतबाट पुर्पक्षका लागि ६ महिना जेल बसेको र पछि अदालतकै फैसलाअनुसार तारेखमा थुनामुक्त भएका थिए। 

जिल्ला सरकारी वकिलको कार्यालयले प्रमाणसहित पुनरावेदन गरेपछि पुनः उनलाई १९ वर्ष १९ दिन कैद सजायको फैसला भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीसँगै हत्यामा संलग्न दुई व्यक्तिले आठ वर्ष जेल सजाय भुक्तान गरिसकेका छन्। 

 

प्रकाशित: ४ असार २०७६ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App