१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीले अरुण तेस्रोमा क्षति

सङ्खुवासभा– मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु-याएको छ। बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु-याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ।

प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार मकालु–५ मा अरुण तेस्रोको दुई सय क्विन्टल छड तथा निर्माण सामग्रीसमेत बगाएको छ। खाँदबारी नगरपालिका–१० चवाबेँसीमा पनि निर्माणाधीन कात्तिकेघाटको पक्की पुलका लागि राखिएका सामग्रीसमेत बगाएको छ।

चिचिला गाउँपालिका–४ मा खाँदबारी–किमाथाङ्का सडक खण्डको सुम्भाभीरदेखि कप्तानेसम्मको तीन किलोमिटर सडक ठाउँठाउँमा बगाएको छ। मकालु गाउँपालिका–५ नुममा पहिरोले अजित राईको घर पुरेको लामाले जानकारी दिए। उक्त क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध छ। रासस

प्रकाशित: ३ असार २०७६ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App