१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमान बाँचे, श्रीमती र छोरीको मृत्यु

रौतहट– रौतहटमा ट्रकको ठक्करबाट आमा छोरीकाे ज्यान गएको छ।  जिल्लाको दधियाभार चौक नजिक एक ट्रकले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा आमा र छोरीको घटनास्थलमै मृत्यु भएको हो।

रौतहटको कटहरिया झाझ पुल सडक खण्डको अन्तर्गत पर्ने अन्दुधियाभार सशस्त्र बेसक्याम्प भन्दा करिब तीन सय मिटर पुर्वमा नहरको कल्र्भट नजिक लु १ क ३५६४ नम्वरको मालबाहक ट्रकले विपरित दिशाबट कटहरिया तर्फ गइरहेका ना २१ प ४७० नम्वरको मोटरसाइकललाई शनिबार साँझ ६.४५ बजेको समयमा ठक्कर दिदा आमा छोरीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मोटरसाइकलमा सवार कटहरीया नगरपालिका १ भसेढवा निवासी दिलिप साह मोटरसाइकल चलाइरुहेको अवस्थामा एक्कासी ट्रकले ठक्कर दिँदा साह खेतमा फ्याकिँदा उनलाई केही भएन तर ३० वर्षीया श्रीमती सुगान्धी देवी र ५ वर्षीया छोरी अम्बिका कुमारी ट्रकको चक्कामा परेपछि दुवैको घटनास्थलमा मृत्यु भएको रौतहट प्रहरीका डिएसपी नविन कार्कीले बताए। ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको तर फरार चालकको खोजी कार्य तिव्र रहेको उनले जानकारी दिए। 

प्रकाशित: ३२ जेष्ठ २०७६ १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App