९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

असारबाट रारा–छायानाथ हेलिकप्टर प्याकेज सुरु हुने

मुगु– आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको रारा क्षेत्रमा पर्यटनलाई थप टेवा पु-याउन असार पहिलो साताबाट रारादेखि छायानाथ धामसम्म हेलिकप्टरको प्याकेज ल्याइने भएको छ।

रारा पुग्ने पर्यटकले राराको थप  घुम्ने स्थान पहिचान गर्न नसक्दा पर्यटकको रारा बसाई छोटो हुने गरेको सरोकारवाला बताउँछन्। जसले गर्दा स्थानीयले राराबाट लाभ लिन नसकेको देखिन्छ।

राराबाट धार्मिक स्थल छायानाथ देखिने भए पनि हिडेर जान ४/५ दिन लाग्छ। जसले गर्दा रारा पुगेर छायानाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटक त्यतिकै फर्कन बाध्य छन्।  यद्यपि यस क्षेत्रमा असार दोस्रो साताबाट हेलिकप्टर प्याकेज सुरु गरिने नेपाल भ्रमण वर्ष— २०२० कर्णाली प्रदेश पर्यटन प्रबद्र्धन प्रादेशिक कार्यक्रम संयोजक राजु कार्कीले जानकारी दिए।

हिन्दु धार्मिक मान्यता अनुसार यो स्थानमा महादेवले सतिदेविको शव बोकेर घुम्दै जानेक्रममा अन्तिम अंग पतन भएको विश्वास गरिन्छ। त्यस्तै विश्वका चारवटा मुख्य धाम मध्ये जेठो धाम मानिएकाले पनि यसको विशेष महत्व रहेको हुँदा धार्मिक पर्यटनको सम्भावना रहेकाले रारा —छायानाथ हेलिकप्टर यात्रा सुरु गर्न लागेको संयोजक कार्कीले बताए।

शुक्रवार बिहान सञ्चारकर्मीसँगको अन्र्तक्रियामा कार्कीले असार दोस्रो सातादेखि रारा छायानाथ— माथिल्लो  मुगु हुँदै पुन रारा फर्किने गरि हेलिकप्टरको प्याकेज यात्रा सुरु गरिने बताए। कैलाश मानसरोवर जान सबै भन्दा छोटो नाका गमगढीदेखि मुगु गाउँ हुँदै नाक्चे लग्नलाई विशेष प्राथामिकता दिई सरकारको ध्यान केन्द्रीत गराइने कार्कीले भनाइ छ। यो नाकाबाट कैलाश मानसरोवर १ सय ५० किलोमिटरको दुरी रहेको छ।
 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App