२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुगुमा सर्पदंशको औषधि अभाव

मुगु– जिल्ला अस्पताल  मुगुमा सर्पदंशको औषधि अभाव भएको छ। सर्पले ड्सेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधी पाउन सकेका छैनन्।

छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँकि राम माया भामलाई मंगलबार घर नजिकै घाँस काट्ने क्रममा  सर्पले डस्यो। उपचारका लागी  जिल्ला अस्पताल आउँदा अस्पतालका मेडिकल अधिकृत डबल बहादुर मल्लले  जिल्ला अस्पतालमा सर्पदंशको औषधी अभाव छ भन्दै मेडिकलमा समान्य उपचार पछी बाहिर जिल्ला जान सल्लाह दिएका दिए।

मुगुमा सर्पदंशको औषधी अभाव भएकै कारण उपचारका लागि बाहिर जिल्ला जान बाध्य हुनुपरेको भामको गुनासो छ। डाक्टरले तत्काल लिनु पर्ने भने पनि यातायातको सहज पहुँच नहुँदा उनलाई  बुधबार मात्र उपाचारका लागी नेपालगञ्ज भेरी अस्पतालमा लगिएको थियो।

जिल्ला अस्पताल मुगुका मेडिकल अधिकृत डबल बहादुर मल्लका अनुसार जिल्ला अस्पताल मुगुमा  लामो समय देखि सर्पदंशको औषधी अभाव भएको बताए। मुगुमा सर्पदंशका बिरामी कम आउने भएकाले औषधि पनि कम आउने भएको हो। हिमाली जिल्लामा सर्पदंशको समस्या नभएको भन्दै सरकारले खासै यता पट्टि ध्यान नदिएका कारण सर्पदंश विरुद्धको औषधी नआउने गरेको विगतमा जिल्ला स्वास्थ्य कार्यालयले बताउदै आएको थियो।
 

प्रकाशित: २९ जेष्ठ २०७६ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App