१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अभावमा चलेको आवसीय विद्यालय

आवासीय विद्यालय पुलुमा पढ्दै विद्यार्थीहरु, पढाउँदै शिक्षिका र आवासिय विद्यालयको जिर्ण भवन । तस्बिरः सुमन/मुगु

मुगु– यार्सा संकलन समयमा पुर्ण रुपमा बन्द रहने मुगुमा कार्मारोङ गाउँपालिकाका १७ वटा विद्यालय मध्य अहिले एक मात्र आवासीय विद्यालय समस्या र अभावै अभावमा पनि चलिरहेको छ।

गाउँपालिकाको ताखा गाउँको १ कक्षादेखि ३ कक्षासम्मको विद्यालयलाई आधार बनाएर आधारभुत विद्यालय पुलुमा यो वर्षदेखि आवासीय विद्यालय सञ्चालनमा ल्याएपनि प्रारम्भिक चरणमा भवन, खानेपानी, शौचालयको समस्या देखिएको छ। तर पहिले गाउँको विद्यालयमा जाँदा शिक्षक कहिले नभेटाउने विद्यार्थीले अहिले विहान बेलुकी र दिउँसो राम्रोसँग पढ्न पाएका छन्।

गाउँमा कहिले पनि सरहरु नबस्ने अनि हामीले पढ्न पनि पाउँदैनथ्यौं अहिले आवासीय विद्यालय भएपछि राम्रोसँग पढ्न पाएका छौं तर खानेपानी शौचालय र बस्ने कोठाको केही समस्या छ कक्षा ५ मा अध्ययन गरिरहेकी रिउस गाउँकी छेञ्जाङपाल्मुले बताइन।

आवासीय विद्यालय सञ्चालनको सुरु वर्ष भौतिक पुर्वाधारको अभाव, पुरानो शौचालय, नदि र खोलाको खानेपानीलगायतका केही समस्या रहेपनि विद्यालय सञ्चालन भई रहेको नेपाल राष्ट्रिय प्राथामिक विद्यालय ताखाका प्रधानाध्यापक कुशलबहादुर शाहीले बताए। अहिले ४ र ५ कक्षाको आवासीय विद्यालय चलिरहेको सरस्वती आधारभुत विद्यालयका ४३ जना विद्यार्थी सबै यार्सा टिप्न हिमाल तिर गएका छन भने ताखा, खारी रिउसमा १ देखि ३ कक्षा पास गरि आएका ४ र ५ कक्षाका ३६ जना विद्यार्थी पढिरहेका छन्। मुगु, चिताई, किम्री, दाउरा, सेरोगका विद्यालयका विद्यार्थी यार्सा टिप्न हिमालतर्फ गएकाले यार्साबाट फर्केपछि मात्र उनीहरु विद्यालय आउने शाहीले बताए।

यस क्षेत्रको शैंक्षिक अवस्था बिग्रिएको आलोचना हुन थालेपछि मुगुम कार्मारोङ गाउँपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश तथा संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदहरुको पहलमा आवासीय विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयले स्वीकृति दिएपछि यो विद्यालय सञ्चालनमा आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुर्यबहादुर खत्रीले जानकारी दिए।

तत्काल आवासीय विद्यालय सञ्चालन अनुमति दिँदा शिक्षा मन्त्रालयले स्थानीय स्रोतबाट अनुमति दिएपछि चालु आर्थिक वर्षका लागि गाउँपालिकाले १५ लाख बजेट व्यवस्था गरेको र आगामी वर्षका लागि पनि यसलाई निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको जनाएको छ। यसै गरि आवासीय विद्यालय सञ्चालन गर्न प्रदेश सरकार र संघीय सरकारले आगामी आर्थिक वर्षका लागि केही बजेट व्यवस्था गरेको बताइएको छ।

यता विद्यालय सञ्चालनका लागि विभिन्न गैरसरकारी संस्थाले स्टेशनरी, भाँडाकुँडा, कपडा व्यवस्था गरि दिएका छन् भने कतिले खानेपानी, शौचालयको व्यवस्था गरि दिन लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। इकाईका अनुसार ४ देखि ७ कक्षासम्म सञ्चालन भइरहेको यो विद्यालयलाई अहिले ४ र ५ कक्षाको आवासीय बनाएपनि विस्तारै दश कक्षासम्म आवासीय बनाउँदै लैजाने लक्ष्य रहेको छ।

प्रकाशित: २९ जेष्ठ २०७६ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App