पाँचथर - सदरमुकाम फिदिमको मेनरोडमा भएको आगलागी नियन्त्रणमा आएको छ।
आगलागीबाट संगित राना मगरको दुई तले घर र कर्ण कुमार थापा मगरको घर जलेको छ। बाक्लो घरहरु भएको बजारमा भएको आगलागीबाट पसलहरू समेत जलेका छन्।
क्षतिको बिवरण आउन बाँकी छ। फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको संयुक्त प्रयासमा आगो निन्त्रणमा लिइएको छ।
प्रकाशित: २३ जेष्ठ २०७६ ०७:५० बिहीबार