४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर एक जनाको मृत्यु

प्यूठान- प्युठानमा  चट्याङ्ग लागेर एक जनाको मृत्यू भएको छ। जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा ईतबार साझ ५: ३० बजे परेको चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ।

नौवहिनी गाउँपालिका वडा नंम्बर ५ डाम्रीकी ६४ वर्षीय गोठी वुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल वुढाथोकीले जानकारी दिए। त्यस्तै चट्याङमा परेर सात वटा बाख्रा समेत मरेका छन्। लगातार हावाहुरी सहित परेको पानीले आईतबार साझ नौबहिनी ५ डाम्रीकै हेमराज सुनारको घर भत्किएको छ।

 

प्रकाशित: २० जेष्ठ २०७६ ०७:०५ सोमबार

चट्याङ मृत्यु प्युठान