बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद सोमबार बिहानै वस्तु फेला परेको छ। दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद बस्तु भेट्टिएको हो ।
प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरु रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ ।
उक्त शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ। उक्त शंकास्पद वस्तु डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए । नेत्रविक्रम चन्द विप्लव समूहको आज नेपाल बन्द रहेकोले चन्द समूहले उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित: १३ जेष्ठ २०७६ ०२:१४ सोमबार