१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हातपात गरेको भन्दै प्रशासकीय अधिकृतले गराए गाउँपालिकाको उपाध्यक्षविरुद्ध जाहेरी दर्ता

जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाललगायतका कर्मचारी उजुरी दर्ता गर्दै । तस्बिरः रासस

नुवाकोट– नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालविरुद्ध प्रशासकीय अधिकृत अशोक दाहालले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार साझ जाहेरी दर्ता गराएका छन्। बिहिबार दिउँसो ४ बजेको समयमा उपाध्यक्ष रिमालले प्रशासकीय अधिकृत दाहालको कार्यकक्षमा गएर हातपात गरेको भन्दै जाहेरी दर्ता गराएका हुन्।

उपाध्यक्षले भनेको आयोजनामा बजेट सजिलै उपलव्ध नगरेको भन्दै प्रशासकीय अधिकृतले लगाएको सर्ट नै च्यातिने गरिने हातपात गरेको जाहेरीमा उल्लेख गरिएको छ। गाउँपालिकाले तर्जुमा गरेको केही योजनाको बजेट भुक्तानी गरिदिन उपाध्यक्षले भनेको तर नियम पूरा नगरी भूक्तानी गर्न नमिल्ने जिकिर प्रशासकीय अधिकृतले गरे पछि उक्त घटना घटेको बताइएको छ। दाहालमाथि हातपात गरेको भन्दै जिल्लाको स्थानीय तहका प्रशासकीय अधिकृतहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेका छन्। गाउँपालिका उपाध्यक्ष रिमालले भने सामान्य विवाद भए पनि हातपात नै भने नगरेको नागरिक न्यूजलाई बताइन्।

 

प्रकाशित: १० जेष्ठ २०७६ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App