६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

पक्राउ परेका भारत महाराजगंज फरेना बस्ने झिनक धोबी र बरामद हतियार।

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर पालिकामा वडा नं. १० शंकरपुर दशगजा क्षेत्रमा बिहीबार साँझ ५ बजेतिर गोली चलेको छ।

भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारतीय पक्षबाट ३०/३५ जनाको समूहले प्रहरी माथिनै आक्रमणको प्रयास गर्दा आत्मरक्षाका लागि प्रहरीले गोली एक राउण्ड गोली चलाएको हो।

नेपाल पसेको भारतीयहरु हतियार कारोबारी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दशगजा क्षेत्रमा खटिएका सादा पोशाकका प्रहरीमाथि सामूहिक आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउन बाध्य भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। 

प्रहरीको गोली लागि भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष २२ को दिलिप धोबी घाइते भएको प्रहरीले जनाएको छ। पेटमा गोली लागेपछि घाइते भएका धोवीलाई भारतीय पक्षले नै उठाएर लगेका छन्। धोबीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागि घाइते भएका धोबीले भारतीय पक्षसँग गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए। भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी पनि घाइते भएको डीएसपी भण्डारीले बताए। घाइते हुनेमा प्रहरीका तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल रहेका छन्।

घटनाअन्तर्गत रुपन्देही प्रहरीले १ जनालाई भारतीयलाई हतियार सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ। उनबाट मेड ईन युएसए लेखेको १ थान अटोमेठिक पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले बताए। 

प्रकाशित: २ जेष्ठ २०७६ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App