१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अपांगता परिचयपत्र वितरण

रसुुवा – रसुवाको नौकुण्ड गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरेको छ। पुरानो कार्डको दुरुपयोग भएको र वास्तविक अपांगता भएका व्यक्ति अधिकारबाट वञ्चित भएकाले गाउँपालिकाले नयाँ परिचयपत्र वितरण गरेको हो।

पहिलो चरणमा डाक्टर ल्याएर कार्ड वितरण गरिएको महिला शाखा प्रमुख शान्ति पौडेलले बताएकी छिन्। घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको उनले जानकारी दिइन्। गाउँपालिकाका ६ वटै वडामा सञ्चालित शिविरबाट गरी पूर्ण अशक्त ४२ जना, अति अशक्त ५४ जना, मध्यम अशक्त ३६ जना र सामान्य अपांगता भएका २८ जनाले परिचयपत्र लिएका छन्। अपांगता खुल्ने फोटो लिएर वडा र डाक्टरको सिफारिसको आधारमा परिचयपत्र वितरण गरिएको पौडेलले बताइन्।

प्रकाशित: २ जेष्ठ २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App