६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

विपन्न परिवारलाई मिटर बक्स र एमसिभि निशुल्क वितरण

खोटाङ– नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले अतिविपन्न परिवारलाई मिटर बक्स र एमसिभि वितरण सुरु गरेको छ। अतिविपन्न परिवारका रुपमा वडाबाट सिफारिस भएको आधारमा प्राधिकरणले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ७ परिवारलाई मिटर बक्स र एमसिभि निशुल्क वितरण गरेको छ।

अतिविपन्न परिवार तथा साँस्कृतिक महत्वका सम्पदालाई निशुल्क मिटर बक्स र एमसिभि उपलव्ध गराउने सरकारको नीति अनुसार दिक्तेलबाट जालपा पुगेर विद्युतीय उपकरण प्रदान गरिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले बताए। विद्युतका उपभोक्तामध्ये अति विपन्न परिवारलाई मिटर बक्स र एमसिभि वितरण गर्ने सरकारको नीति अनुसार नै मिटर बक्स र एमसिभि प्रदान गरिएको हो।

प्राधिकरणले जालपाका भूमिहिन तिरपाल राई, अति विपन्न कमला श्रेष्ठ, जुक्तमान राई, चन्द्रीकुमारी राई, कैलाश राई, पविन राई र केसरी राईलाई निशुल्क मिटर बक्स र एमसिभि प्रदान गरेको छ। मिटर बक्स र एमसिभि निशुल्क प्राप्त भएपछि अतिविपन्न परिवार उत्साहित भएको वडाध्यक्ष विकास राईले बताए। प्राधिकरणले जिल्लामै पहिलोपटक जालपाका अतिविपन्न परिवारलाई मिटर बक्स र एमसिभि वितरण गरेको हो। जालपामा गत वर्ष मात्र केन्द्रीय विद्युत विस्तार गरिएको स्थानीय दानबहादुर राईले बताए।

मिटर बक्स र एमसिभि प्रदान गर्नका लागि अतिविपन्न परिवारको सिफारिसका लागि जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App