६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हत्या गरेर फरार अभियुक्त नौ वर्षपछि पक्राउ

काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार व्यक्तिलाई नौ वर्षपछि पक्राउ गरेको छ।

ब्यूरोको टोलीले विसं २०६७ असारमा काभ्रेपलाञ्चोक साबिकको गोकुले गाविसको गोकुले भन्ने स्थानमा दीर्घबहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने काभ्रेपलाञ्चोककै इन्द्रबहादुर मोक्तानलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले मृतकका छोरा धनबहादुर गोलेको जाहेरीका आधारमा मोक्तानलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ मोक्तानलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको ब्यूरोले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App