१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सम्मानपूर्ण जीवनयापनका लागि आदर निकेतन

भक्तपुर – भक्तपुर नगरपालिकाका ज्येष्ठ नागरिकहरूको सम्मानपूर्ण जीवनयापनका लागि लागि आदर निकेतन बनाउने भएको छ। नगरप्रमल प्रजापतिले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन बनाउने तयारी गरिरहेको बताए। इशानेश्वर मन्दिर क्षेत्र विकास तथा संरक्षण उपभोक्ता समितिको आयोजनामा भक्तपुर–१ सिर्जनानगरमा शुक्रबार भएको जेष्ठ नागरिकहरूको सम्मान कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले यस्तो जानकारी दिएका हुन्।

कार्यक्रममा प्रजापतिले ज्येष्ठ नागरिकको त्याग र बलिदानबाटै समाज व्यवस्थित ढंगले अगाडि बढ्ने बताउँँदै समाज र देशको निम्ति निःस्वार्थ रूपमा काम गर्नेहरूको समाजमा सधैं सम्मान हुनुपर्ने बताए।

अग्रज नागरिक समाजका अध्यक्ष महाप्रसाद पराजुलीले भक्तपुर जिल्ला देशकै सानो जिल्ला भए पनि सबैका लागि अनुकरणीय कार्य गरिरहेको बताए। कार्यक्रममा अग्रज नागरिक समाजका प्रवक्ता गोविन्द निरौला, दिवनाथ चापागाईलगायतले जेष्ठ नागरिकको सम्मानमा जोड दिए। कार्यक्रममा विभिन्न व्यक्तिहरूले आमाको सम्मानमा कविता वाचन गरेका थिए।

 

प्रकाशित: २१ वैशाख २०७६ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App