१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा दुईको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्र्तगत धादिङको गल्छी गाउँपालिका–४ बेल्खु खोलामा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौंबाट नवलपरासीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका थिए।

मोटरसाइकल अनियन्त्रित भई चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

माइक्रोसँग ठोकिएर सडकमा पल्टिएका मोटरसाइकलमा सवार यात्रुहरूलाई ओभरटेक गर्दै गरेको ट्रकको पछाडिको पाङग्राले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए। मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ का ३० वर्षीय कविकुमार महर्जन र सोही नगरपालिका–५ का २९ वर्षीय राजु महर्जन छन्।

घटनामा संलग्न माइक्रोबस, ट्रक र चालकहरूलाई नियन्त्रणमा लिइएको र मृतकहरूको शव पोस्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App