२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बिहानै भूकम्पको धक्का

काठमाडौँ - काठमाडौँमा बुधबार बिहान भूकम्प गएको छ। बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो र ६ बजेर ४० मिनेटमा  अर्को धक्का महसुस गरिएको हो। नौबिसे धादिङ केन्द्रबिन्दू भएर पहिलाे ५.२ र दाेस्राे  ४ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ। २०७२ को महाभूकम्पछि यो नै सबैभन्दा ठूलो धक्का हो। धक्काले काठमाडौंवासी त्रसित भएका छन्।

प्रकाशित: ११ वैशाख २०७६ ०१:०१ बुधबार

भूकम्प म्याग्निच्युड धादिङ