४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

सर्लाही - जिल्लाको दक्षिण–पश्चिम क्षेत्रस्थित कौडेना गाउँपालिकामा सोमवार अपराह्न ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

ज१त ३९५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका –६ सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारीकाे घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फेन्हराले जनाएको छ। सडकमा खेलिरहेका बेला बालिकालाई ट्रयाक्टरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनामा संलग्न ट्रयाक्टर र त्यसका चालक कविलासी नगरपालिका–१० सलेमपुरका ४० वर्षीय रामनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७६ १३:०६ सोमबार

सर्लाही बालिका ट्रयाक्टर ठक्कर