१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्वरोजगारका लागि निर्ब्याजी ऋण

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरिबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।

गाउँपालिकाको हिउँदे गाउँसभाबाट निर्ब्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ। विदेश पलायन हुने युवालाई लक्षित गरेर निर्ब्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो। व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्येयले निर्ब्याजी ऋण उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।

आयआर्जनमार्फत गरीबी न्यूनीकरण र सामाजिक प्रगति गर्ने, स्थानीय जडीबुटी तथा बालीको संरक्षण गर्ने उद्देश्य यो कार्यक्रम अगाडि सारेको उनको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भने, 'ऋण नपाएकै कारण धेरै युवाले व्यवसाय गर्न सकेको अवस्था छैन, उनीहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ।' यो गाउँपालिकाबाट ६ हजार ९४ जना वैदेशिक रोजगारीमा गएका छन्।

सबैभन्दा बढी वडा नं. ८ बाट एक हजार २४५ र सबैभन्दा कम वडा नं.७ बाट ६१३ जना विदेश पलायन भएका छन्। विदेशिने युवालाई स्वदेशमै स्वरोजगार उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: ४ वैशाख २०७६ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App