९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

फाइल फोटो

चितवन -  भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: ३ वैशाख २०७६ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App