६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

जाजरकोट– मंगलवार दिउँसो जाजरकोटमा  यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको  नलगाड नगरपालिका वडा नम्वर ९ र १० को सीमानामा पर्ने  दारिमपाटा भन्ने स्थानमा रग्दाबाट दल्ली तर्फ आउदै गरेको ग१ ज ५८१२ नम्बरको  यात्रुबाहक  जिप दुर्घटना भएको हो।

दुर्घटनामा एकजना बच्चा सहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी श्यामबहादुर खत्रीले बताए। प्रहरीका अनुसार नलगाड नगरपालिका वडा नम्बर १२ रग्दा देखि नगरपालिकाको केन्द्र दल्ली बजारतर्फ आउदै गरेको उक्त जिप सडकवाट ३९ मिटर तल खसेको  थियो। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख खत्रीले वताए। घाइते सबैलाई रुकुमको राडी वजारमा उपचारका लागि लगिएको छ।

सडकको अवस्था विग्रेको र चालकको लापरवाहिले  दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

 

प्रकाशित: २६ चैत्र २०७५ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App