६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मलेसियामा बस दुर्घटना, दुई नेपालीको सहित १० जनाकाे मृत्यु

क्वालालम्पुर - मलेसियामा नेपाली चढेको बस दुर्घटनामा परेको छ। सेलागर भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुई नेपालीसहित १० जनाको मृत्यु भएको हाे। इन्डाेनेसियाका ३ र बंगालका ५ जनाकाे नागरिककाे उक्त दुर्घटनामा परी ज्यान गएकाे हाे।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटना परेको हो। मलेसिया स्थित नेपाली दूतावासका उपप्रमुख कुमार खरेलले दुई नेपालीको घटना स्थालमै ज्यान पुष्टि गरे।  उनका अनुसार मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

प्रकाशित: २५ चैत्र २०७५ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App