४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जीपको ठक्करबाट एकको मृत्यु

सर्लाही–  जीपको ठक्करबाट शुक्रबार राती एक जनाको मृत्यु भएको छ।

जिल्लास्थित श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को २ च २१० नम्बरको स्करपियोले ठक्करदिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रवार मध्यरातमा भएको दुर्घटनामा गम्भीर घाइते रामलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगंज लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। दुर्घटनापछि स्कर्पियो प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन्।

यसैबीच शुक्रबार साँझ जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्। नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको भारतीय बीआर ३० आर ६२०२ नम्बरको मोटरसाइकल पैदलयात्री सोही ठाउँका ६५ वर्षीय जोगी दासलाई ठक्कर दिएर अनियन्त्रत भइ पल्टिएको थियो। दुर्घटनामा पैदलयात्री दाससहित मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–१२ का ४९ वर्षीय भाग्यनारायण मिश्र र मलङ्गवा नगरपालिका–१२ कै सञ्जय कुमार यादव घाइते भएकाे प्रहरीले जनाएको छ। उनीहरुको नवलपुरमा उपचार भैरहेको छ।

प्रकाशित: २३ चैत्र २०७५ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App