२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विपन्न समुदायलाई लक्ष्य गरी विशषेज्ञ शिविर

बाजुरा - विपन्न समुदायलाई लक्षित गरी मार्तडीमा विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरि पाँचदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

सुदुर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन्। शिविरको मन्त्री सुवेदीले नै उद्घाटन गरेका हुन्।

जिल्लाको तल्लो क्षेत्रमा पर्ने पाँच वटा स्थानीय तहका बसोबास गर्ने अति गरिब र वर्षैदेखि रोगपालि बसेकाहरुलाई लक्षित गरि ठूलो लगानीमा शिविर सञ्चालन गरिएको मन्त्रालयका सचिव गगन हमालले बताएका छन्। जिल्लामा एक दर्जन विशषेज्ञ डाक्टरसहितको उपस्थितिमा गरिएको पहिलो शिविर हो। 

आयुर्वेदसहितको बिशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताएका छन्। शिविरमा १० जना बढी विशषेज्ञ आएर सेवा दिईरहेका छन्। शिविर १८ र १९ गते बाजुराकै कोल्टीमा सञ्चालन गरिएको छ।

दुर्गम गाउँमा बसोबास गर्ने अति विपन्न परिवारका वृद्धवृद्धा, एकल महिला, अपांगता भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको आयुर्वेदसहितको बिशषेज्ञ स्वास्थ्य शिविर पाँच दिनसम्म मार्तडीमा चल्ने बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताएका छन्।

शिविरको पहिलो दिन ९ बढीले नाम लेखाएका छन्। सेवाका लागि ८ सय बढी महिलाले मात्र नाम लेखाएका छन्। विशषेज्ञ नै जिल्लामा आएको र निशुल्क स्वास्थ्य उपचार हुनेभएपछि उपचार गराउनेको बाक्लो उपस्थिति देखिएको छ।

शिविरको पहिलो र दोस्रो दिन उपचार सेवा र नाम दर्ता गराउने कार्य गरिने र तेस्रोदिनबाट अप्रेशसन सञ्चालन हुने आयोजकले बताएको छ। शिविर विहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। 

लामो समयदेखि रोग पाली बसेका, दुखाई सहँदै गरेका बढीभन्दा बढी बिरामीको उपचार गर्नु शिविरको लक्ष्य हो, त्यसैअनुसार सेवा प्रवाह गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक डाक्टर पुजन रोकायाले बताएका छन्। 

शिविरमा हाडजोर्नी, स्त्री रोग, डेन्टल, बाल रोग, फिजिसीयन क्षेत्रका सबैजना बिशषेज्ञ डाक्टरले सेवा दिईरहेका छन्। शिविर सञ्चालन हुँदा स्थानीय खुसी छन्। जिल्ला बाहिर गएर उपचार लिन नसक्ने र आर्थिक रुपमा निकै विपन्न परिवारलाई लक्षित गरि निशुल्क शिविर सञ्चालन गरिएकोले सबैले सेवा लिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको भनाई छ।

आयुर्वेदसहितको बिशषेज्ञ निशुल्क स्वास्थ्य शिविर आयोजना पछि विरामीको बाक्लो उपस्थिति देखिएको छ। मार्तडी आयोजना गरिएकोले बडिमालिकाको मात्र नभई दुर्गमका सबै जिल्लाबासीको शिविर भएकोले रोगको समस्या भएका सबैलाई सहभागी हुन प्रमुख जिल्ला अधिकारी चेतराज बरालको सुझाव छ। 

प्रकाशित: २० चैत्र २०७५ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App