२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वराजा शाह इलाम आउँदै

इलाम – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न इलाम आउँदैछन्। निजी भ्रमणका लागि उनी झापाको दमकबाट अपराह्न इलाम सदरमुकाम आइपुग्दैछन्। 

आफैं सवारी चलाएर उनी साँझ इलाम आइपुग्ने उनका समर्थक हरि श्रेष्ठले बताए। ‘साँझ इलामको समिट होटलमा उहाँ आउनुहुनेछ,’ श्रेष्ठले भने, ‘भोलि (सोमबार) पाँचथर जाने कार्यक्रम छ।’ सोमबार उनले पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजाआजा र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा माल्यार्पाण गर्ने कार्यक्रम छ।

मंगलबार पुनः इलाम फर्केर उनी बुधबार पनि यही बास बस्ने श्रेष्ठले बताए। ‘बिहीबार इलाममा पदयात्रा र माइस्थान मन्दिरमा उनले पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ,’ श्रेष्ठले भने, ‘त्यसै दिन पूर्वराजा दमक फर्किनुहुनेछ।’ श्रेष्ठले कुनै विशेष सार्वजनिक कार्यक्रमहरू नभई पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागि आउन लागेको जानकारी दिए।   

प्रकाशित: १७ चैत्र २०७५ ०५:४५ आइतबार

ज्ञानेन्द्र_शाह भ्रमण इलाम