१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज– २४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५ स्थित बसपार्कबाट पक्राउ परेका भारतको कलकत्ता शिविरपुर २७ का सहनवाद अब्दुललाई सार्वजनिक गरेको हो। 

प्रहरी चौकी बसर्पाकका सई बैजनाथ दासको कमाण्डमा खटिएको टोलीले बसपार्कस्थित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा अब्दुलमाथि चेकजाँच गर्दा ठूलो परिमाणमा चरेश फेला परेको थियो। 

अब्दुलमाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए।

प्रकाशित: १६ चैत्र २०७५ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App