१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

पाँच कठ्ठा जमीनमा लगाइएको अफिम प्रहरीद्वारा नष्ट

रौतहटको मौलापुर ७ सगैया पिपरीयाटोलमा लगाइएको प्रतिबन्धित लागुऔषध अफिम खेतीलाई नष्ट गर्दै सुरक्षाकर्मीहरु । तस्वीर: मदन ठाकुर/नागरिक

रौतहट-रौतहट प्रहरीले पाँच कठ्ठामा जमीनमा लगाइएको लाखौं मुल्य बराबरको अफिम खेती फडानी गरेर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले स्थानीय मौलापुर नगरपालिका ७ सगैया पिपरीया टोलस्थित मकै खेतको बीचमा लगाइएको अफिम खेती फाडेर नष्ट गरेको हो।

पछिल्लो समय जिल्लाको पश्चिमी भेगका सीमावर्ती गाउँहरुमा अफिम खेती व्यवसायिक रुपमा फस्टाउदै गएको सुचनाका आधारमा प्रहरीले अफिम खेती नष्ट गर्ने अभियान नै संचालन गरेको रौतहटका प्रहरी प्रमुख एसपि भुपेन्द्र खत्रीले बताएका छन्। यहाँ खेती योग्य जग्गामा अवैध रुपले उमारिएको अफिमका बिरुवाहरु प्रहरीले नष्ट गर्दा यसका कारोबारीलाई ठूलो धक्का लागेको समेत प्रहरी प्रमुख खत्रीले बताए। चैत्र महिना सम्ममा तयार हुने अफिमलाई अन्तिम समयमा आएर प्रहरीले गरेको कारवाहीका कारण लागुऔषधका कारोबारीहरुलाई ठूलो धक्का पुगेको छ। 

विगतका वर्षहरुमा झैं अफिम खेती गरिदै आएको यस क्षेत्रमा यस वर्ष भने फाटफुट रुपमा खेती गरिएको पाइएको छ। जिल्लाका ग्रामिण भेगहरुमा किसानले लुकिछिपी अफिम खेति गर्दै आएका छन्। मंसीर अन्तीम तिर रोपिएको अफिमको बिरुवामा फागुन र चैतसम्म दाना लागेर तयार हुन्छ। दानालाई बिरुवामा भएकै अवस्थामा ब्लेडले चिरेर चोप निकाले पछि प्रसोधन गरि लागुऔषध अफिम तयार हुने गर्दछ। बजार मुल्य अत्याधिक भएको हुनाले गैरकानूनी भएको थाहा हुदाहुँदै पनि यो खेतीमा ग्रामीण भेगका केही किसान बढी आकर्षित भएका हुन।

यो क्षेत्रमा बालीनालीको बीच भागमा सजिलै कसैको आखा पुग्न नसक्ने गरी अफिम खेती गर्नेे गरेको पाइएको छ। प्रहरी प्रमुख खत्रीले समाज र राष्ट्रलाई हानी पुर्याउने कुनै पनि गैरकानुनी कार्य हुन नदिने चेतावनी दिदै अफिम खेती गर्ने व्यक्ति पक्राउ परेको खण्डमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिए।

 

प्रकाशित: १३ चैत्र २०७५ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App