१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वन अधिकृतबाटै जडिबुटी तस्करी

काठमाडौं – जडिबुटी तस्करीको अभियोगमा वन मन्त्रालय मातहतका ३ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले साढे ४ करोड बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

राजस्व हिनामिना हुने गरी स्थानीय र व्यापारीसँग मिलेर करिब २ लाख केजी जटामसी तस्करीमा सहयोग गरेको अभियोगमा आयोगले जिल्ला वन कार्यालयका तत्कालिन वन अधिकृत, उपसचिव रामबिचारी ठाकुर तथा फरेस्टरद्वय रुद्रबहादुर बुढा र भीमबहादुर बुढाविरुद्ध जनही एक करोड ४८ लाख ७९ हजार ६ सय ८० रुपैयाँ बिगो तथा कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रिय तथा सामुदायिक बनबाट संकलन गरिएको जटामसीलाई वनका कर्मचारीले स्थानीयको जग्गाबाट जडिटुटी संकलन गरेको किर्ते कागजात बनाएर जिल्ला बाहिर लैजान अनुमति दिएको अभियोगमा उजुरी परेको थियो । जडिबुटी तस्करसँग मिलेर वन अधिकृत ठाकुर र फरेस्टरद्वय बुढाले एक लाख ८५ हजार ९ सय ९६ केजी जटामसी फर्जी कागज तयार पारेर जिल्ला बाहिर लैजान अनुमति दिएका थिए ।

प्रकाशित: १२ चैत्र २०७५ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App