६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा पहिलोपटक बालविवाह मुद्दा दर्ता

जुम्ला- जिल्ला प्रहरी कार्यालय जुम्लामा पहिलोपटक बालविवाह कसुर मुद्दा दर्ता भएको छ।

तिला गाउँपालिका ३ की परिवर्तित नाम जेटक्यू लाई चन्दननाथ नगरपालिका १० वस्ने दीपक कामीले ललाईफकाई भगाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेपछि पहिलो पटक जिल्लामा बालविवाह कसुर मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसपी सिताराम रिजालका अनुसार बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा ल्याएर राखेको अवस्थामा प्रहरीले चन्दननाथ १० का दीपक कामीलाई पक्राउ गरेको थियो। उनले भने, 'जुम्लामा बालबिवाह गर्ने क्रम बढ्दो छ। तर यसरी जाहेरी दिन आउनेको संख्या शुन्य नै हुन्थ्यो। पहिलो पटक जिल्ला प्रशासन कार्यालयमा जाहेरी परेपछि मुद्धा दर्ता गरेका छौँ।'

बालविवाहलाई निरुत्साहित गर्न सबै स्थानीय सरकार लाग्नुपर्नेमा उनले जोड दिए। जाहेरी पछि प्रहरी निरिक्षक नविन वलीको नेतृत्वमा टोली परिचालन गरेर दीपक कामीलाई पक्राउ गरिएको हो। पीडित बालिकाको उद्धार गरेर बाबुलाई बुझाइएको छ। आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

प्रकाशित: ११ चैत्र २०७५ ११:२० सोमबार

जुम्ला बालविवाह मुद्दा