२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरियन भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ- कोरियन भाषा परीक्षाको लागि ६२ हजारले आवेदन दिएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि उनीहरुको आवेदन परेको हो।

शुक्रबार साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो। चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ। 

कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। 

प्रकाशित: १० चैत्र २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App