२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

छोरी बलात्कार गरेको आरोपमा पक्राउ

रुकुम – आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

१७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। पक्राउ परेका बहादुरले आफ्नै छोरीलाई लगतार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन्।

उनले गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख भएको डिएसी खड्काले बताए। शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगई साथीकै घर बसेको अवस्थामा बलबहादुरले छोरीलाई जर्बजस्ती घर लैजाने क्रममा बाटोमा रहेको अर्कै व्यक्तिको गोठमा जर्बजस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ। 

उक्त उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गाउँ नजिकैको जंगलमा लुकिछिपि रहेको अवस्थामा गत सोमबार बेलुकी ४ बजे पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए। पक्राउ परेका बहादुरलाई जिल्ला अदालत रुकुमबाट म्याथ थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ५ चैत्र २०७५ १०:०० मंगलबार

सानीभेरी_गाउँपालिका छोरी बलात्कार