१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ओखलढुंगामा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने बढे

ओखलढुंगा – जिल्लामा सात महिनाको अवधिमा ४४ जनाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्।

जिल्ला अदालत ओखलढुंगामा भदौ १ पछि फागुन मसान्तसम्म दर्ता हुन आएका एक सय ३८ मुद्दामध्ये ४४ वटा सम्बन्धविच्छेदका छन्। ४४ मध्ये १८ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

४४ मुद्दा मध्ये १८ मुद्दाको फस्र्योट भएको श्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए। २६ सम्बन्धविच्छेदका लागि परेको मुद्दाको किनारा लाग्न बाँकी रहेको श्रेस्तेदार पौडेलले जानकारी दिए।

दुई आर्थिक वर्षको तथ्यांकअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको उनले बताए। आर्थिक वर्ष ०७४/७५ मा ३३ र आर्थिक वर्ष ०७३/७४ मा ४२ वटा मुद्दा परेको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ। 

 

प्रकाशित: ४ चैत्र २०७५ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App