१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चेमजोङको हत्या आरोपमा पक्राउ

काठमाडौं - महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न भएको आरोपमा ३७ वर्षीय प्रकाश थापामगरलाई पक्राउ गरेको छ।

सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न भएको आरोपमा महाशाखाको टोलीले काठमाडौंका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार थापामगर र चेमजोङबीच दुई÷तीन वर्षदेखि चिनजान हुँदै आएको र एक–अर्काको कोठामा आवतजावत गर्दा सोमबार राति आपसमा विवाद हुँदा थापामगरले लात्तीले हानेर बेहोस भएका चेमजोङको मृत्यु भएको हालसम्मको अनुसन्धानबाट देखिएको छ।

थापामगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App