रौतहट – रौतहटमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारबाट ठूलो परिमाणमा लागुऔषध बोकेर राजधानीतर्फ लैजाँदै गरेको अवस्थामा सन्तरपुरस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट खटिएको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–८, सन्तपुर चोकनजिकबाट काठमाडौं टोखा नगरपालिका–२९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका–३ का २३ वर्षीय विकास मर्हजनलाई पक्राउ गरेको हो।
उनीहरूका साथबाट नाइट्रोभेट ट्याब्लेट ६ सय ८० वटा, नुरफिन इन्जेक्सन ८० थान, डाइजेपाम ८० तथा प्रोमेथाजिन ८० थान बरामद गरिएको रौतहट ११ नम्बर गणका सशस्त्र प्रहरी प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिए। साथै तीन थान मोबाइल सेटसमेत बरामद गरिएको उनले बताए।
दुवै अभियुक्तलाई कारबाहीका लागि चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २७ फाल्गुन २०७५ ०२:५० सोमबार