१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

किशोरी र युवती बलात्कार आरोपमा दुई युवक पक्राउ

मकवानपुर– किशोरी र युवती बलात्कार आरोपमा दुई युवकलाई पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। बारा करैयामाई गाउँपालिका ३ बस्ने २३ वर्षीय जितेन्द्र मुखिया विन र हेटौंडा उपमहानगरपालिका ११ सिमलटार बस्ने २१ वर्षीय बुद्धलाल मुक्तानलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

विनले १६ वर्षीया किशोरीलाई हेटौंडा उपमहानगरपालिका–५ स्थित साथीको डेरामा र मुक्तानले सुस्त मनस्थितिकी २० बर्षीया युवतीलाई आफ्नै घरमा लगी जबरजस्ती यौन सम्पर्क गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। उनका अनुसार मुक्तानले युवतीलाई शनिबार राती र विनले बालिकालाई आइतबार राती फकाएर कोठामा लगी बलात्कार गरेका थिए।

पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुर दाबी गर्दै प्रहरीले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको छ। करणी सम्बन्धी कसुरमा १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय रहेको छ भने अपाङ्ग महिला बलात्कार गर्नेलाई थप पाँच बर्ष कैद सजाय रहेको छ।

प्रकाशित: २१ फाल्गुन २०७५ १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App