१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हेलिकप्टर दुर्घटना : सामाजिक सञ्जालमा कसले के भने ?

काठमाडौं- ताप्लेजुङमा वुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधन भयो। दुर्घटनाको खवरले  समाजिक सञ्जाल सोकमग्न छ। ट्वीटर फेसवुक लगायतका समाजिक सञ्जाल मार्फत दुर्घटनामा निधनहुनेहरु प्रति  श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

प्रधानमन्त्री कपी शर्मा ओलीले फेसवुकमा भावुक स्ट्याटस लेखेका छन्। उनले भनेका छन्, ‘यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैँ असह्य पिडा महसुस गरेको छु। मृतकहरुप्रति भावपुर्ण श्रान्जली अर्पण गरेको छु। मृतकहरुप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपुरणीय क्षतीप्रति दुःख व्यक्त गर्दछु। सरकार साथमा छ– हामी सबै साथ–साथ मिलेर यस पिडालाई सहन गर्न सकौँ।’

नेकपाका यूवा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अनन्यमित्र योगेश भट्टराईले फेसवुकमा लेखेका छन्, ‘प्रिय साथी म निशब्द छु। म स्विकार गर्दिन । तिम्रै आवाजले एक पटक बताइदेउन यार।’

कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन्, ‘आज भएको हेलिकप्टर दुर्घटनामा पर्यमन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दु:ख लागेको छ। विद्यार्थी जीवनदेखी संघर्ष गरेर अघि बढेको रविन्द्रजी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो। हार्दिक श्रद्धान्जली।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘मैले धेरै आशा गरेका एकजना युवानेता रवीन्द्र अधिकारीको अल्पायुमै आकस्मिक निधनले स्तब्ध छु! हेलिकप्टर दुर्घटनामा निधन भएका सबैमा हार्दिक श्रद्धान्जली!’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘रवीन्द्र दाइको दुर्घटनाको खबरले स्तब्ध भए, मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता। रवीन्द्र दाइ लगायत सवैमा हार्दिक श्रद्धान्जली।‘ उनले ट्वीट गरेका छन्।

सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘ संगठन र संघर्षबाट खारिएका अत्यन्तै जुझारु क्र्मशील योद्धा क. रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएकोमा अत्यन्तै दुखिःत भएको छु । दुर्घटनाबाट राष्ट्र र पार्टीले ठूलो क्षती बेहोर्नु परेको छ । पीडा र आँसु सँगै हार्दिक श्रद्धान्जली।‘

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘श्रद्धान्जलीका यि शब्दहरु लेख्नुपर्दा हात काँपीरहेका छन् । कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ? अलविदा र विन्द्र कमरेड । हाम्रो सम्झनाको क्यानभाषमा तपाइँ साधैभरी बाँचिरहनुहुनेछ । यस दुखद दुर्घटना परी दिवंगत हुनुहुने सबैमा श्रद्धासुमन। भनेका छन्।       

कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले ट्वीट गरेका छन्, ‘प्रिय मित्र रवीन्द्र, तपाईं अखिल अध्यक्ष,म नेविसंघ सभापति संगै थियौं l दरबार हत्याकाण्डपछि अखिलका अर्का अध्यक्ष राजेन्द्र राई + भएर लोकतन्त्रका लागि विद्यार्थी आन्दोलन हामीले एक बनाएको स्मृति गर्दैछु ! मर्माहत छु तिम्रो आकस्मिक बिदाइले स्वर्गमा शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जली।’

प्रकाशित: १६ फाल्गुन २०७५ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App