४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हेलिकप्टर दुर्घटना : घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउँन समस्या

ताप्लेजुङ - बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ मध्ये ३ जनाको शव भने अहिले बिहान घटनास्थलबाट उठाइने भएको छ । 

रातभर हिमपात र बर्षा भएका कारण घटनास्थलबाट शव उठाउन नसकिएको रातभरी घटनास्थलममै शव रुँघेर बसेका ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । गएराति मन्त्री अधिकारी सहित ४ वटा शव भने सुकेटार एअरर्पोट ल्याइएको थियो । रातभरी हिमपात भएको र कुहिरो तथा पानीले आकास पूरै ढाकेकोले शव घटनाथलबाट उठाउन अप्ठेरो परेको उनले जानकारी दिए ।

थापाका अनुसार ७ मध्ये पर्यटनमन्त्री अधिकारीको छातिभन्दा माथिको भाग भने आगोले नजलेकोले पहिचान गर्न सकिने तर अरु कसको शव हो भनेर पहिचान गर्न नसकिने उनले जानकारी दिए । सबै शवलाई सुकेटार एअरर्पोट ल्याएपछि काठमाठौ पठाईने तयारी गरिएको छ । 

उद्धारटोलीलाई कसरी फर्कने भन्ने चिन्ता 
‘रातभरी पानी पर्यो,रातको साढे ११ बजे माथिल्लो फेदीबाट पानी र हिउँ ओताउने प्लास्टिक र केहि ड्राईफुड आयो,त्यहिँको सहारामा रातभर बिताइयो’रातभर घटनास्थलमा रुँघेर बसेका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनले भने‘अहिले हुस्सुले समस्या पार्ला भनेको त्यो चिन्ता भने भएन,तर घटनास्थल पुरै हिउँले ढाकेको छ,कसरी बाहिर निस्कने चिन्ताले सताउन थालेको छ ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App