खोटाङ - सम्पर्कविहीन भएको चार दिनपछि एक पुरुष मृत फेला परेका छन्। गत शनिबारदेखि सम्पर्कविहीन भएका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका ५८ वर्षीय शोभितमान मगर मृत फेला परेका हुन्।
प्रहरी र आफन्तले खोजी गर्ने क्रममा मगरको शव होभेकै गैयाँटार भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए।
मादक पदार्थ सेवन गर्ने गरेका मगरको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ। शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ फाल्गुन २०७५ ०६:५८ बुधबार