३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

रम्भामा युवाहरुसँग ३ सय ९० घण्टा कार्यक्रम

पाल्पा- रम्भा गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले युवासँग ३ सय ९० घण्टा कार्यक्रम सुरु गरेको छ। फ्रिज मर्मत, घर वायरिङ र प्लम्बिङमा ३ सय ९० घण्टा तालिम सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्ने गाउँपालिकाले जनाएको छ।

रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले गाउँपालिकाले युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारी व्यवस्था हुने गरि कार्यक्रम सुरु गरिएको बताए। उनी भन्छन्, ‘युवा, महिला तथा आदिवासीहरुलाई गाउँपालिकाले प्राथमिकता दिएर काम सुरु गरेको छ। गत वर्ष दिएको तालिमबाट ६ जना युवाहरु स्वरोजगारीमा लागेकाछन्। महिलाहरु ढाका बुन्न थालेका छन्।’ हामी युवाहरुसँग प्राविधिकहरुलाई ३ सय ९० घण्टा बिताउने वातावरण बनाएका छौं। युवाहरुले झण्डै तीन महिनाको अवधिमा सीप सिकेर आफ्नै कामको सुरुवात गर्न सक्ने हुनेछन्, भण्डारीले भने, युवा शक्ति विदेशिन नपरोस् भनेर युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेका हौं।

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले युवा विदेश पलायन हुँदा गाउँमा काम गरि खाने व्यक्तिको समेत अभाव भएको बताए। ‘कृषि तथा पशुपालन पनि गाउँमा विरलै हुने अवस्था छ। प्राविधिक सीपयुक्त जनशक्ति छैन। त्यसैले गाउँपालिकाले १९ लाख रुपैयाँ बजेट विनियोजन गरेर युवाहरुलाई सीप सिकाउँदै छौं, रेग्मीले भने, नयाँ संरचनामा स्थानीय सरकार बनेपछि पहिलो प्राथमिकता युवालाई दिएर काम अगाडी बढाएका छौं।’

आधिँखोला टेक्निकल कलेज प्रालिका सञ्चालक भीमलाल भट्टराईले तालिम अवधिभरमा उत्कृष्ट हुने ५ जनालार्य रोजगारको ग्यारेन्टी समेत गरिएको बताए। रम्भा गाउँपालिका ४, हुमिनमा तालिमको उद्घाटन गरिएको हो। युवा सञ्जालका अध्यक्ष आशिष श्रेष्ठले गाउँपालिका मार्फत् गरिएको कार्यक्रमबाट युवाहरुलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन कम हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १४ फाल्गुन २०७५ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App