४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट भएको छ। विस्फोटमा परी ३ जना घाइते भएको र घाइतेको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको ललितपुरका डिएसपी अपिल बोहोराले जानकारी दिए। 

उनका अनुसार घाइतेहरु प्रतिक्षा खड्काको अल्का, उरुषा मानन्धरको बी एण्ड बी र चीन प्रसाद गुरुङको मेडिसिटीमा उपचार हुँदैछ। त्यसमध्ये गुरुङको अवस्था गम्भीर रहेको डिएसपी बोहोराले बताए। घाइतेमध्ये प्रतिक्षा र उरुषा भने स्टाफ नर्स रहेको खुलेकाे छ। उनका अनुसार कस्ले के प्रयोजनका लागि बम विस्फोट गराएको हो भन्ने बारेमा केही खुलेको छैन।

प्रहरीका अनुसार काठमाडौंको कमलपोखरी स्थित आँगन रेष्टुरेण्टको बाहिरी भागमा पनि शंकास्पद वस्तु फेला परेको छ। डिएसपी रवीन्द्र पाैडेलले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे बताए। 

एनसेल कार्यालय अगाडि भएको विस्फोट पछिको भिडियो :

 

 

एनसेल बम_विस्फोट ललितपुर घाइते