२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ब्राउनसुगर सहित ७ पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार सुब्बाकुना चेकपोष्टमा चेकजाँचका छुट्टाछुट्टै समयमा ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिपकुमार क्षेत्रीका अनुसार सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे पाँच बजेतिर वीरेन्द्रनगर–११ को सुब्बाकुना चेकपोष्टमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा४ख ४२१९ नम्वरको फोर्स गाडी सवार वीरेन्द्रनगर–९ का २३ वर्षीय किरण घलेलाई तीन ग्राम ४९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। 

यस्तै राति आठ बजेतिर सोही ठाउँमा नेपालगञ्जबाट वीरेन्द्रनगर आउँदै गरेको भे१ज ७८९ नम्वरको जीप चेकजाँचका क्रममा वीरेन्द्रनगर–१ कि १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए। उनीसँगै वीरेन्द्रनगर–४ भैरवस्थानका २० वर्षीय सम्राट सापकोटा, वीरेन्द्रनगर–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वीरेन्द्रनगर–१ कि दीपा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०४:१३ बुधबार

सुर्खेत लागूऔषध ब्राउनसुगर