२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बुहारीले गरिन ससुराको हत्या

ओखलढुंगा - ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षीय तारादेवी गुरुङले करिब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन्।

आपसी घरायसी अंशवण्डाको विवादका क्रममा तारादेवीले विहिबार विहान आगो फुक्ने फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए। चौकी नजिकै भएकाले अभियुक्तलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ। छुट्टिएर अलगै घरमा बस्दै आएकी तारादेवीले पटक पटक ससुरासँग अंश तथा जग्गाको विवाद गर्दै आएको स्थानीयले बताए। गुरुङ्को शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २४ माघ २०७५ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App