२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तीन सय पेटी मदिरा बरामद

अछाम – साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ। माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो। 

स्थानीय युवा, व्यापारी र सरोकारवालाको पहलमा मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक (असई) मदन धामीले जानकारी दिए। साँफेबगरको पन्त जनरल स्टोरबाट चौरपाटीतर्फ लैजाँदै गरेको सो मदिरा सबै सरोकारवालाको रोहवरमा आइतबार नष्ट गरिने प्रहरी जनाएको छ। ओसारपसारमा संलग्न ट्याक्टरलाई भने नियमअनुसार रु पाँच हजार जरिवाना गरी छाडिएको असई धामीले बताए।

पछिल्लो समय अछाम प्रहरीले जिल्लाभरि नै कमसल, अवैध र घरेलु मदिरा नियन्त्रण कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ। जताततै पाइने कमसल र घरेलु मदिराका कारण समाजमा विभिन्न अराजक क्रियाकलाप बढेको भन्दै प्रहरीले सक्रियता बढाएको र यसमा सबै जनप्रतिनिधि र सरोकारवालाको सहयोग रहेको प्रहरीले जनाएका छन।

प्रकाशित: २० माघ २०७५ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App