१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हुम्लामा फेरि हिमपात

हुम्ला – माघ ७ गते परेको भारी हिउँ पग्लन नपाउँदै बिहीबार अर्को हिमपात भएको छ। पछि यहाँको जनजीवन कष्टकर भएको छ। यहाँको हवाई सेवा सञ्चालनमा आएको आठ दिनमै अवरुद्ध भएको छ। सदरमुकाम सिमकोटको तापक्रम घटेर माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका–६ को लिमीगाउँ हिमपातकै कारण सदरमुकामसँग सम्पर्कविहीन बन्न पुगेको छ।

लामो समय हिमपात भएकाले हिउँमा रमाउनेहरूको संख्या पनि घटेको छैन। सिमकोटमा सञ्चालित होटल तथा पसल फाट्टफुट्ट रूपमा मात्र खोलिएका छन। मानिसको ओहोरदोहोर नभएपछि व्यापार ठप्प भएको सिमकोटमा व्यवसाय गर्दै आएका देवीलाल यादवले बताए। बिहान ४ बजेदेखि पर्न सुरु गरेको हिउँ साँझसम्म पनि रोकिएको छैन। चिसो बढेका कारण सेवाग्राही नआएपछि सरकारी कर्मचारी कार्यालयमै आगो तापेर बस्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

हिमपातका कारण सेवाग्राही नआएपछि आगो ताप्दै बसेका कर्मचारी। तस्बिर ः जनक बहादुर शाही÷हुम्ला।

प्रकाशित: १८ माघ २०७५ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App