१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विमान दुर्घटनामा चालक दोषी

फाइल तस्बिर

काठमाडौं - एकाउन्न जना यात्रुको ज्यान जाने गरी भएको युएस बंगला विमान दुर्घटना हुनुमा चालकको लापरबाही भएको ठहर छानबिन समितिले गरेको छ।

गत फागुनमा विमान दुर्घटना भएलगत्तै पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले विमान चालक अबिद सुल्तानको मानसिक अवस्था र उनको लापरबाहीले गर्दा दुर्घटना भएको ठहर गरेको हो। सो प्रतिवेदनअनुसार चालक मानसिक तनावमा रहँदा दुघर्टना भएको हो।

५२ वर्षीय सुल्तान सन् १९९३ मा मानसिक अवस्थाका कारण विमान उडान गर्न अयोग्य भएको भन्दै बंगालदेश सरकारले सरकारी नोकरीबाट बर्खास्त गरेको थियो। तर सन् २००२ मा उनी स्वस्थ रहेको चिकित्सकले जनाएपछि निजी क्षेत्रको विमान कम्पनी युएस बंगलामा अनुबन्धित भएका थिए।

प्रतिवेदनले विमान चालकले विमान उडानका क्रममा महिला सहकर्मीमाथि अश्लील शब्द प्रयोग गरेको र अवतरण गर्दा सही मार्ग छनौट नगरी दुर्घटना गराएको उल्लेख गरेको छ।

प्रकाशित: १४ माघ २०७५ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App