६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा चालकको स्वास्थ्य परीक्षण

जुम्ला - कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्यमा आउन सक्ने खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गरिएको हो।  जिल्ला ट्राफिक कार्यालय जुम्लाको पहलमा कर्णाली यातायात व्यवस्था कार्यालय, नेपाल नेत्रज्योती संघ जुम्ला र  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा जुम्ला बसपार्कमा स्वास्थ्य शिविर राखेर चालकहरुको स्वास्थ्य परीक्षण गरिएकाे ट्राफिक प्रमुख माधव रावतले जानकारी दिए । 

कर्णाली राजमार्गमा संचालन हुने ट्याक्टर, बस, जीप, अटोरिक्सा, मालबहाक सवारीका चालकहरुको स्वास्थ्य परीक्षण गरी सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरिएका हो।कर्णालीमै पहिलो पटक स्वास्थ्य शिविरका माध्यमवाट स्वास्थ्य जाँच गर्न पाउदा चालकहरु खुसी भएका छन्। सो शिविरमा सवारी साधन संचालनका लागि हुनुपर्ने कागजात सवारीचालक अनुमति पत्र, सडक अनुमति पत्र, बिमा लगायतका कागजातहरुको पनि चेकजाँच गरिएको थियो। 'शिविरमा ७७ सवारी चालकको स्वास्थ्य परीक्षण गरियो,प्रमुख रावतले भने,“सवैले उत्साहपुर्वक स्वास्थ्य चेकजाँच गराउँनु भयो, शिविरमा चालकको आखाँको पनि जाँच गरिएको थियो।'

आँखा अस्पताल जुम्लाका चिकित्सक कालिबहादुर रावत सवारी चालकको आखाँमा खासै समस्या नदेखिएको बताए। उनले भने,“ कमजोर आखाँका कारण पनि कतिपय दुर्घटना हुने गरेका छन्, पटक पटक आखाँ उपचार केन्द्रमा पुगेर आखाँ जाँच गराउनु पर्छ, सवारी चालक अनुमति पत्र लिनु अगावै आँखा, रगत सबै परीक्षण गर्नुपर्ने भएकोले खासै समस्य नहोला, तर आखाँको समयै चेकजाँच गर्दा उत्तम नै मानिन्छ।

स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक दिनेश शाही र रोजनिम श्रेष्ठ खटिएका थिए।  केहि चालकहरुले बढी मदिरापान  र धुम्रपान सेवन गर्ने गरेकोले  कलेजोमा असर गरेको लक्षण देखा परेको चिकित्सक शाही र श्रेष्ठकाे भनाइ छ।चिकित्सक शाहीले भने,'जसले गर्दा चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण देखियो।' ट्राफिक प्रमुख रावत आगामी दिनमा पनि स्वास्थ्य शिविरका माध्यमवाट चालकहरुको स्वास्थ्य अवस्था बुझ्ने कामले निरन्तरता पाउने बताए।

प्रकाशित: ४ माघ २०७५ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App